सिरहा, पुस ४ । सिरहाको गोलबजार नगरपालिका-६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
छुरा प्रहारबाट घाइते भएका गोलबजार नपा ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसिटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुई समूहबीच झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे अझै विस्तृत विवरण आइनसकेको जनाएको छ। घटनामा संलग्नहरुको खोजी भइरहेको छ।
Facebook Comments


























