पुस १ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। ३७ दशमलव ८७ अंकले घटेर नेप्से २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा पुगेको छ।
विहीबार कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार करिब साढे २ अर्बकोमात्र कारोबार भयो। २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँ बराबरको कारोबार भयो।
Facebook Comments


























