मंसिर २७ । इक्वेडरमा बस दुर्घटनामा कम्तीमा पनि १८ जनाको ज्यान गएको छ। दुर्घटनामा अरु २५ जना घाइते भएका छन्। दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा शनिबार राति दुर्घटना भएको हो।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एजेन्सी
Facebook Comments


























