काठमाडौं, मंसिर २६ । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका राष्ट्रिय महिला टिमको घोषणा भएको छ।
नेपाल भलिबल संघले आइतबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्सीय टिम घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरण १२ सदस्सीय टिम घोषणा गरेको हो।
लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन्। यस्तै कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेकी छिन्। ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ।
नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो।
Facebook Comments


























