मंसिर २५ । नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदु दासानायकेलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ।
शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो। क्यानले पुबुदुसहित पाँच जना प्रशिक्षकको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा सिफारिस गरेको थियो।
आईसीसीको रायअनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक दासानायकेलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो।
Facebook Comments


























