मंसिर २४ । इंग्लीस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनबीचको खेल स्थगित भएको छ।
टोटेनहम र ब्राइटनबीच आईतबार खेल हुने तालिका रहेको थियो। तर टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोभिड–१९ देखिएपछि खेल स्थगित गरिएको हो।
टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको थियो। बोर्डले उक्त खेलको तालिका पुन सार्वजनिक गरिने जनाएको छ। बिहिबार नै युरोपा कन्फेरेन्स लिग अन्तर्गतको टोटनहम र रेनसबीचको खेल स्थगित गरिएको थियो।
क्लबका ८ खेलाडी तथा ५ कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि उक्त खेल स्थगित गरिने निर्णय गरिएको थियो। टोटनहमको बुधबारको तयारी समेत स्थगित गरिएको थियो।
यस अघि पनि भारी हिमपातका कारण टोटेनहमको प्रिमियर लिग अन्तर्गत नोभेम्बर २८ तारिखको बर्निलविरुद्धको खेल स्थगित भएको थियो।
Facebook Comments


























