मंसिर २४ । पाकिस्तानका पूर्व कप्तान तथा अलराउण्डर शाहिद अफ्रिदीले क्वेटा ग्लाडियटर्सबाट २०२२ को पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन्।
ग्लाडियटर्सले अफ्रिदीलाई नयाँ सिजनको लागि अनुबन्ध गरिएको जनाएको छ। ‘क्वेटा ग्लाडियटर्समा आबद्द भएकोमा म निकै उत्साहित छु,’ उनले भनेका छन्।
अफ्रिदीले गत सिजन मुल्तान सुल्तानबाट खेलेका थिए। ४१ वर्षीय अफ्रिदीको पीएसएलमा यो अन्तिम सिजन समेत हो। आगामी सिजनबाट उनलाई पीएसएलमा देखिने छैन।
अफ्रिदीले यस अघि कराँची किङ्स र पेशेवर जाल्मीबाट समेत पीएसएल खेलिसकेका छन्। अफ्रिदीले नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट समेत खेलेका थिए। उनले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेलेका थिए।
Facebook Comments


























