मंसिर २२ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०१ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६० रुपैयाँ ५४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























