मंसिर २० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल यथावत रहेको हो। नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ। यस अघि पनि नेपाल १२ औं स्थानमै रहेको थियो।
टी-ट्वान्टीको वरीयतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन्। न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौ स्थानमा छन्। एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ।
टेस्टको वरीयतामा भारत शीर्ष स्थानमा उक्लिएको छ। नयाँ वरीयता अनुसार भारत शीर्ष स्थानमा उक्लिएको हो। टेस्टमा न्युजिल्याण्ड दोस्रो, अष्ट्रेलिया तेस्रो,इंग्ल्यान्ड चौंथो र पाकिस्तान पाँचौ स्थानमा रहेको छ।
Facebook Comments


























