काठमाडौं, मंसिर २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणका अन्तिम खेल हुन लागेका हुन्। पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दैछन्।
आजको दोस्रो तथा तेस्रो चरणको अन्तिम खेलमा बेलुकी ५ बजे जावलाखेल युथ र मच्छिन्द्र क्लब खेल्नेछ। यसअघि हिजो भएको एकमात्र खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।
Facebook Comments


























