मंसिर १७ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३६ रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
Facebook Comments


























