चितवन १३ मंसिर । कथाकार वसन्त पराजुलीको दोस्रो कृति ‘मोम्चो’ मंसिर १९ गते सार्वजनिक हुने भएको छ। करिब दुई दशकको पत्रकारिता क्षेत्रको अनुभव संगालेका लेखक पराजुलीले ‘कुमाता’ कथा संग्रह सफल भएपछि दोस्रो कृति बाहिर ल्याएका हुन्।
अक्षर समूह चितवनले मंसिर १९ गते नवलपुरको गैंडाकोटमा पुस्तकको विमोचन गर्ने तयारी भइरहेको लेखक पराजुलीले जानकारी दिए। तिहारलगत्तै पुस्तक सार्वजनिक गर्ने भनिए पनि तयारी पूरा नभएका कारण केही समय पर धकेलिएको उनले बताए। कुमाता कथा संग्रहले जस्तै मोम्चोले पनि सफलता हासिल गर्नुका साथै र पाठकको रोजाइमा पर्नेमा आफू ढुक्क रहेको उनले बताए।
औपचारिकरुपमा करिब दुई वर्ष अघि कुमाता कथा संग्रह बजारमा प्रकाशित गरेपछि उनी पत्रकारसँगसँगै साहित्यकारको रुपमा पनि दरिएका हुन्। हाल गोरखापत्र दैनिकको चितवन संवाददाताको रुपमा कार्यरत पत्रकार पराजुली पछिल्लो समय होटल व्यवसायमा समेत आवद्ध छन्।


























