चितवन १३ मंसिर । अध्यक्ष मण्डलको बैठक सकिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठक कक्षबाट न्द सत्र हलमा प्रवेश गरेका छन्। सहमति जुटाएर सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको प्रयास सफल नभएपछि सोमबार बिहान मतदान गर्ने गरी निर्वाचन प्रकृया आइतबार रातिदेखि नै सुरु गरेको छ।
अध्यक्ष पदमा डा भीम रावल अडिग बनेपछि निर्वाचनमै जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको हो, तैपनि सहमतिको प्रयास भने जारी राखेको बताइएको छ। यदि सहमति हुन नसकेमा सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक भइसकेको छ।
निर्वाचन तालिका अनुसार सोमबार बिहान २ः१० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ। मतदान सकिएपछि तत्काल मतगणना हुने छ। मतदान सकिएको चार घण्टाभित्र नतिजा सार्वजनिक गर्न सकिने गरी विद्युतीय प्रविधिको प्रयोग गरिने एमालेले बताउँदै आएको छ।
यो समाचार हेर्नुहोस्…
https://lagatarnews.com/2021/11/28/75824/


























