चितवन, मंसिर १३ । नेकपा (एमाले) मा अन्तत निर्वाचन हुने भएको छ।
अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी गराएका छन्। ओलीलाई विष्णु प्रसाद पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन्।
एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो। अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो। रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन्।
रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन्। अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए। उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन।
Facebook Comments


























