मंसिर १२ । नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग ४८ रनले पराजित भएपछि नेपालको ग्लोबल छनोटको यात्रा समाप्त भएको हो।प्रतियोगिता अन्तर्गत नेपालले पाँच मध्ये केवल तीन खेलमा जित हात पार्न सक्यो। नेपाल यस अघि हङकङसँग पराजित भएको थियो।
जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाकी छदा अलआउट हुदै केवल ७९ रन बनाउन सक्यो।
नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ। नेपालका लागि इन्दु बर्माले सर्वाधिक १५ रन जोडिन्। सिता राना मगरले १३ रनको योगदान गरिन्।
सरिता मगर ८, काजल श्रेष्ठ ८, अप्सरी बेगम ४, कविता कुँवर ४, करुणा भण्डारी २, कप्तान रुविना क्षेत्री २, कविता जोशी १ रनमा आउट भए। युएईका लागि समाइरा धर्निधर्काले सर्वाधिक ४ विकेट हात पारिन्। चामानी सेनेभिरत्ना र खुसी शर्माले समान दुई–दुई विकेट लिए। चाया मुघलले एक–एक विकेट लिए।
यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्यो। युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन तथा थिर्था सतिसले ४७ रन जोडिन। कभिसा इगोडेजले २२ रनको योगदान गरिन्।
नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन्। सबनम राई, सिता राना मगर र संगिता राईले एक–एक विकेट हात पारे।


























