मंसिर ८ । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ। बजार मापक परिसूचक नेप्से १.८२ अंकले बढेर २७३४.९३ अंक पुगेको छ। यस्तै सेन्सेटिभ सूचकमा भने गिरावट आएको छ। सेन्सेटिभ सूचक ०.२८ अंकले घटेर ५१५.२० अंकमा झरेको छ।
बुधबार २२७ कम्पनीका ७४,४५,२२७ कित्ता शेयर किनबेच हुँदा ४,२१,७४,१५,३३७ रुपैयाँको कारोबार भएको छ। बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहमा गिरावट आएको छ भने १० उपसमूहमा सामान्य वृद्धि भएको छ।
बैंकिङ, ट्रेडिङ र लाइफ इन्स्योरेन्स समूहले गुमाएका छन्।
Facebook Comments

























