मंसिर ८ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























