मंसिर ५ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ। साताको पहिलो कारोबार दिन हिजो प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो। जसअनुसार सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो।
तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।
Facebook Comments


























