मंसिर ५ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ।
शनिबार राति भएको खेलमा डर्टमण्डले स्टुटगार्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा डोनएल मालेनले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ६३ औं मिनेटमा रोबर्टो मास्सिमोले गोल गर्दै स्टुटगार्डलाई १-१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ८५ औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई २-१ को जित दिलाए।
जितसँगै डर्टमण्डले १२ खेलमा २७ अंक जोडेको छ। डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ। स्टुटगार्ड १० अंक जोडेर १६ औं स्थानमा रहेको छ।
Facebook Comments


























