मंसिर २ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको छ।
महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























