मंसिर १ । कतार र नेपालको महिला राष्ट्रिय टोलीबीचका तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखलामध्ये दोस्रो खेल बुधबार हुँदैछ।
केहीबेरपछि सुरु हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। यो खेल जिते नेपालले शृंखला पक्का गर्नेछ।
यसअघि मंगलबार साँझ भएको पहिलो खेल नेपाली टोलीले एक सय १९ रनले जितेको थियो। नेपाली महिला टोलीले पहिलोपटक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलिरहेको हो।
नेपालले नोभेम्बर २२ तारिखबाट यूएईमा टीट्वेन्टी विश्वकपको एसियाली छनोट खेल्दै छ।
Facebook Comments


























