कार्तिक २९ । क्रोएसिया सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ।
युरोपियन छनोट अन्तर्गत आइतबार राति रुसलाई १-० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो। घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो।
रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेका थिए। जुन गोल जितका लागि क्रोएसियालाई प्रयाप्त रह्यो।
यस जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो। शीर्ष स्थानको क्रोएसियाले १० खेलमा २३ अंक जोड्यो।
दोस्रो स्थानको रुसले १० खेलमा २२ अंक जोड्यो। रुसको समेत प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना रहेको छ। एजेन्सी
Facebook Comments


























