चितवन, कार्तिक २८ । नेपालमा आइतबार थप ३ सय ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार २ सय ७४ जना निको भएका छन्।
यस्तै, ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ८ हजार ८ पीसीआर परीक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ४ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
त्यस्तै हाल नेपालमा ७ हजार २ सय १५ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारिन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments


























