कार्तिक २८ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालकले हवाई भाडा बढाएका छन्। हवाई टिकटमा जोडिने इन्धन वापतको मूल्य बढाइएको हो।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ। हाल आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ। इन्धनको मूल्य बढेपछि भाडा पनि बढाइएको हो। इन्धन वापत बढिमा २२० रुपैयाँ भाडा बढेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको छ। सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ। यस्तै काठमाडौँबाट हुने पर्वतीय उडानमा १७० रुपैयाँ बढेको छ।
Facebook Comments


























