कार्तिक २८ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो। तेजाबी सुन आज प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो।
Facebook Comments


























