कार्तिक २४ । आज सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बढेको छ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार तेजावी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाल सुन ९२ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। त्यस्तै चाँदी आज १ हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
Facebook Comments


























