कार्तिक १७ । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज भारत र अफगानिस्तान भिड्दैछन्।
अबुधाबीमा राति पौने ८ मा हुने यस खेलमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा भारत छ।
सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ। नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुनेछ।
अफगानिस्तान समूह बीको दोस्रो स्थानमा छ। उसले तीन खेलमा दुई खेल जितेको छ। अफगानिस्तानसँगै भारतले नामिबिया र स्कटल्याण्डलाई समेत ठुलो अन्तरले हराउन समेत सम्भावना बलियो हुनेछ।
आजै हुने पहिलो खेलमा पौने ४ बजे न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन्। सेमिफाइनल पुग्न न्युजिल्याण्डका लागि खेल महत्वपुर्ण छ।
एजेन्सी
Facebook Comments


























