कार्तिक १५ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै छन्।
इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति पौने ८ बजे हुनेछ। समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा अपराजित रहेको छ। इंग्ल्यान्ड ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। श्रीलंकालाई हराएमा इंग्ल्याण्डले अन्तिम चारको यात्रा सुरक्षित गर्नेछ।
उत्कृष्ट लयमा रहेको इंग्ल्यान्डले यस अघि वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो। श्रीलंका ३ खेलमा २ अंकसहित चौथो स्थानमा छ। आज इंग्ल्यान्डलाई हराएर श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ। श्रीलंकाले बंगलादेशलाई हराएको थियो भने दक्षिण अफ्रीका र अष्ट्रेलियासँग पराजित भएको थियो।
Facebook Comments


























