कार्तिक १५ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो। त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ कायम भएको छ।
Facebook Comments


























