मुम्बई, कार्तिक १५ । फिल्म र टेलिभिजन अभिनेत्री अंकिता लोखण्डे र विक्की जैनको विवाहको मिति नजिकिएको छ। यद्यपी दुवैले विवाहको मितिबारे पुष्टि गरेका छन्।
तर समाचारअनुसार अंकिताले आफ्नो जन्मदिन भन्दा एक हप्ता अघि अर्थात् १२ डिसेम्बरदेखि १४ डिसेम्बरको बीचमा विक्कीसँग विवाह गर्दैछिन्। अंकिताको जन्मदिन डिसेम्बर १९ मा पर्दछ। अंकिता अभिनेता सुशान्तसिंह राजपूतकी पूर्व प्रेमिका हुन्।
अंकिताका लागि सन् २०२० निकै उतारचढावपूर्ण रह्यो। उनका पूर्व प्रेमी सुशान्तसिंह राजपूतले जून १३ मा रहस्यमय किसिमले आत्महत्या गरेपछि उनी चर्चामा आएकी थिइन्।
सुशान्तको निधनपछि उनी शोकमा थिइन्। अंकिता र सुशान्त करिब सात वर्षसम्म लिभ–इन–रिलेसनमा थिए। उनीहरु सन् २०१६ मा अलग्गिएका थिए।
विक्की पेशाले व्यापारी हुन्। उनीसँग अंकिताको बोण्डिङ निकै मिलेको छ। उनीहरु सामाजिक सञ्जालमा आफ्नो रोमान्टिक क्षणलाई शेयर गरिरहन्छन्।दैनिक भास्कर


























