कार्तिक ११ । भारतमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ को समूह विभाजन सार्वजनिक भएको छ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार समूह विभाजन गरेको हो। एएफसीले एसियन कप खेल्ने १२ टोलीलाई ३ समूहमा विभाजन गरेको छ।
समूह ‘ए’ मा आयोजक भारत, चीन, चाईनिज ताइपे र इरान रहेका छन्। समूह ‘बी’ मा अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र इन्डोनेसिया रहेका छन्। समूह ‘सी’ मा साविक विजेता जापान, दक्षिण कोरिया, भियतनाम र म्यानमार रहेका छन्।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
Facebook Comments


























