काठमाडौं, कार्तिक ११ । विवेकशील साझा पार्टीको दुई तिहाइले संघीयता खारेजको प्रस्ताव पारित गरेको छ। त्यस्तै धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ।
विवेकशील साझा पार्टीको केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको छ।
केन्द्रीय कमिटीको जुम बैठकमा दुई-तिहाइभन्दा बढी मतले यो दस्तावेज पारित गरेको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मिश्रले केही दिनअघि स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै दस्तावेज सार्वजनिक गरेका थिए।
उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ।


























