काठमाडौं, कार्तिक ११ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन्। बुधबार साँझ वीर अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
उनलाई मौसमी ज्वरोले सताएको झाँक्रीको परिवारले जनाएको छ। पाँच दिनदेखि रुघाखोकी लागेपछि उनी घरमै केयर गरेर बसेकी थिइन। आरामकै क्रममा उनमा निमोनियाको लक्षण देखिएपछि अस्पताल लगिएको परिवारले जनाएको छ।
चिकित्सकले मन्त्री झाँक्रीलाई केही दिन आराम गर्न सुझाव दिएका छन्। बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
Facebook Comments


























