कार्तिक ११ । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ।
बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग २-१ गोल अन्तरले पराजित भएको हो। युभेन्ट्स घरेलु मैदानमै पराजित भएको हो। खेलको ४४ औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ७६ औं मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको इन्जुरी समयमा म्याक्सिम लोपेजले गोल गर्दै सासोउलोलाई २-१ को जित दिलाए।
जितसँगै सासोउलोले १० खेलमा १४ अंक जोडेको छ। सासोउलो नवौं स्थानमा रहेको छ। युभेन्ट्सले १० खेलमा १५ अंक जोडेको छ। युभेन्ट्स सातौं स्थानमा रहेको छ।
Facebook Comments


























