कार्तिक ११ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ।
बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो। भालेकानोको जितमा राडमेल फाल्काओले निर्णायक गोल गरे। उनले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए। खेलको दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाएको थियो।
तर,७२ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहार भालेकानोका गोलकिपर स्टोलले बचाएका थिए।
यस जितसँगै भालेकानोले ११ खेलमा १९ अंक जोडेको छ। भालेकानो पाँचौं स्थानमा उक्लिएको छ। बार्सिलोना १५ अंक जोडेर नवौं स्थानमा रहेको छ।
Facebook Comments


























