मुम्बई, कार्तिक ८ । बलिउडमा कोही निश्चित साथी या दुश्मनी हुँदैनन्। स्टारडम र लोकप्रियता देखेर कोही कसैको साथी वा दुस्मनी छनोट गर्छन्। बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई अहिले त्यस्तै भएको छ।
व्यवसायी पति राज कुन्द्रा पोर्न मुद्धा परेर भलै जमानतमा रिहा भए पनि शिल्पालाई बलिउडकर्मीले किनारा लगाइरहेका छन्। जुन फिल्मी परिवारसँग शिल्पाको प्रगाढ सम्बन्ध थियो, त्यो परिवार नै अहिले शिल्पाबाट टाढिरहेका छन्।
गत वर्ष शिल्पा फिल्मी परिवारसँग पार्टी गरेकी थिइन् र दीपावली मनाएकी थिइन्। तर यसपटक भने माहौल फेरिएको छ। उनले करवाचौथमा फिल्मी साथीहरुसँगको तस्वीर शेयर गरेकी छैनन्। राज कुन्द्राको मुद्धापछि बलिउडका फिल्मकर्मीहरु शिल्पाबाट टाढिरहेको यो यो उदाहरणलाई मान्न सकिन्छ।
भारत सरकारले चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगाएपछि बलिउडले शिल्पासँग दुरी बनाएको थियो। किनकी शिल्पा टिकटकमा निकै सक्रिय थिइन्। उनको फलोअर राम्रा थिए र फलोअरलाई मनोरञ्जन दिनका लागि उनी राम्रा कन्टेन्ट तयार पार्थिन्। बलिउड लाइफ


























