काठमाडौं, कार्तिक ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन्।
आइतबार काठमाडौँमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई नै अपराधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको टिप्पणी गरेका छन्।
प्रचण्डले जातीयय विभेदका लागि भएका बिद्रोहलाई समेत बदनाम गराउन खोजेको बताए। दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफूले अनेक आरोप खेप्नुपरेको उनको भनाइ छ। प्रचण्डले जातीय विभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसंग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राखे।
प्रचण्डले संघीय लोकतन्त्रिक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरे पनि मुलधार भनिने पार्टीहरुले अझै पनि पुरातन सोचमा नै रहेको टिप्पणी गरे। कार्यक्रममा ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण गरिएको थियो।


























