कार्तिक ७ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुनेछन्।
विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। भारत र पाकिस्तानबीच लामो समयबाट राजनैतिक तनाब रहदै आएको छ। जसको असर खेल क्षेत्रमा समेत देखिने गरेको छ।
भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ। तर, दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन्।
सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। अझ सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन्।
सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो।
त्यस्तै सारजाहमा हुने पहिलो खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। दुबै टिम पहिलो चरणबाट आएका टिम हुन्। दुबै टिम सुपर १२ मा समेत जित निकाल्ने योजनामा मैदान उत्रने छन्।


























