चितवन, कार्तिक ६ । नेकपा (एमाले) पूर्वी चितवनको रत्ननगर नगरपालिका नगरपालिका वडा नंं ७ को अध्यक्षमा सूर्य तामाङ्ग चएन भएकाछन्। आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट तामाङ्ग सर्वसम्मत चयन भएकाहुन्।
अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा श्रीराम सिल्वाल, सचिव उज्वल पोखरेल, सह सचिव प्रतिभा उप्रेती, परारी चौधरी चएन भएकाछन्।
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्।
यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १०औँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।
Facebook Comments


























