चितवन, कार्तिक ६ । नेकपा (एमाले) पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ६ को अध्यक्षमा पुरेन्द्र चौधरी चएन भएकाछन्। आज सम्पन्न वडा कमिटीको अधिवेशनबाट चौधरी सर्वसम्मत चयन भएकाहुन्।
वडा उपाध्यक्षमा कोपिला थापा, सचिव शिवनारायण चौधरी, उपसचिव सुजन थापा, महेन्द्र मल्ल ठकुरी र सदस्यहरुमा सिमान्त थपलिया, दिपक राई, राजेन्द्र अधिकारी चयन भएकाछन्।
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्। वडा अधिवेशनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्समार्फत सम्वोधन गर्दै छन्।
यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १०औँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।


























