कार्तिक ५। युरोपा लिग फुटबल अन्तर्गत इटालीको फुटबल क्लब नापोलीले पहिलो जित हात पारेको छ।
समूह ‘सि’ अन्तर्गत इटालीको सान पाओलो मैदानमा शुक्रबार विहान भएको खेलमा नापोलीले पोल्यान्डको लेजियालाई ३–० गोल अन्तरले पराजित गरेको हो।
नापोलीको जितमा लोरेन्जो इनसिंग्ने, भिक्टर ओसिमहेन र माटियो पोलिटानोले एक–एक गोल गरे। लोरेन्जोले ७६ औ मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाए।
भिक्टरले ८० मिनेटमा नापोलीको अग्रता दोब्बर बनाउदा माटियोले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै नापोलीलाई सानदार जित दिलाए।
जितसंगै नापोली चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लेजिया छ अंकसहित शीर्षस्थानमा यथावत छ। लेस्टर चार अंक र स्र्पाटक मोस्कभा तीनअंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन्। एजेन्सी
Facebook Comments


























