कार्तिक ४ । नेपालको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता खस्किएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो। नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा रहेको छ। अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो। हालै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो। तर, नेपालको वरीयता घटेको छ। नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ।
नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ। भारत १ सय ६ औं स्थानमा रहेको छ। माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ। नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ। बंगलादेश १८७ औं, भुटान १८६ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन्।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्।अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन्।


























