चितवन, कार्तिक ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७२६ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९७ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको पीसीआर परीक्षणमा ४७० र १ हजार ९६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























