कार्तिक ४ । विश्वभर कोरोनामुक्त हुनेको संख्या २२ करोड नाघेको छ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार २७३ जना संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या २२ करोड ४१ हजार २५६ पुगेको हो।
कुल संक्रमितको संख्या २४ करोड २७ लाख ६५ हजार २९८ जनामध्ये हालसम्म ४९ लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ।
यही अवधिमा ४ लाख ४८ हजार ८४७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ हजार ४४८ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा एक हजार ९८२, रुसमा एक हजार २८, ब्राजिलमा ४०१, टर्कीमा २१४, बेलायतमा १७९ र भारतमा १६० जना छन्।
थपिने संक्रमितमा अमेरिकामा ७८ हजार १०८, बेलायतमा ४९ हजार १३९, रुसमा ३४ हजार ७३, टर्कीम २९ हजार ७६०, भारतमा १८ हजार ३५९ र ब्राजिलमा १५ हजार ६१० जना रहेका छन्।
गत २४ घण्टामा अमेरिका ८४ हजार ७५४, बेलायतमा ३६ हजार ८०२, टर्कीमा २८ हजार ८०३, रुसमा २५ हजार २३१, ब्राजिलको २२ हजार ८६७ र भारतमा १७ हजार ५६० जना निको भएका छन्।


























