कार्तिक ४ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६५ रुपैयाँ १९ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























