काठमाडौं, कार्तिक ३ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षण सुरु भएको छ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमले बुधबारबाट तयारी थालेको हो। नेपाली टोलीले मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा तयारी थालेको हो।
युएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाएको छ।
क्यानले छनोट गरेको टोलीमा कप्तान रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी छन्।
यस्तै अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, इश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर टिममा रहेका छन्।


























