कार्तिक ३ । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ।
समूह चरण अन्तर्गत मंगलबार राति रियलले साख्तर डोनेस्कलाई ५-० गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे। रोड्रिगो र करिम बेन्जिमाले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो।
खेलको ३७ औं मिनेटमा सेर्ही क्रिभ्टसोभले आत्मघाती गोल गरेपछि रियलले सुरुआती अग्रता बनाएको थियो। ५१ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। खेलको ५६ औं मिनेटमा जुनियरले व्यक्तिगत दोसोरो गोल गर्दै टिमको अग्रता ३-० को बनाए।
खेलको ६४ औं मिनेटमा रोड्रिगोले गोल गर्दा रियल ४-० ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई ५-० को जित दिलाए।
यस जितसँगै रियलले ३ खेलमा ६ अंक जोडेको छ। समूह डी को रियल दोस्रो स्थानमा रहेको छ। डोनेस्क १ अंक जोडेर पुछारमा रहेको छ। एजेन्सी


























