कार्तिक ३ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले स्पेनको एट्लेटिको मड्रिडलाई पराजित गरेको छ।
समूह चरण अन्तर्गत मंगलबार राति लिभरपुलले एट्लेटिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। मोहमद सलाह चम्किएपछि लिभरपुलले उसैको मैदानमा एट्लेटिकोलाई पराजित गरेको हो। १० खेलाडीमा समेटिएको एट्लेटिकोविरुद्ध आठौं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
खेलको १३ औं मिनेटमा नेबी केईटाले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए। खेलको २० औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई २-१ को स्थितिमा ल्याए। ३४ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-२ को बराबरीमा फर्काए।
खेलको ५२ औं मिनेटमा ग्रीजम्यानले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो। त्यसपछि खेलको ७८ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३-२ को जित दिलाए।
यससँगै लिभरपुलले लगातार तेस्रो जित निकालेको छ। समूह ‘बी’ को शीर्ष स्थानको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ। एट्लेटिको ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एजेन्सी


























