काठमाडौं, कार्तिक १ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ। छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो।
महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ। चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो। रासस
Facebook Comments


























