कार्तिक १ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ।
क्यानको बोर्ड बैठकले दशैँअघि नै पुरुष क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो। मुख्य प्रशिक्षक अस्ट्रेलियाली नागरिक डेभ ह्वाटमोरले गत भदौ ११ मा राजीनामा दिएपछि उक्त पद रिक्त छ।
दरखास्त अक्टोबर ३१ सम्म दिन सकिनेछ।
Facebook Comments


























